११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

मधेश प्रदेश : भन्सार छलेको आशंकामा ६० लाखको सामान बरामद

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९

न्यूजमधेश डेस्क
वीरगञ्ज,१३ श्रावण । वीरगञ्जबाट सशस्त्र प्रहरीले भन्सार छलीको आशंकामा सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज–१४ गण्डक चोकबाट सशस्त्र प्रहरीले ना ६ ख ९९०५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ६० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल १३ नं. गणका प्रमुख प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार ट्रकमा बिलबिजकमा उल्लेख गरिएको भन्दा फरक इलेक्ट्रोनिक्स सामान, औषधीलगायतका सामग्री थियो । ट्रकको मुल्य ३० लाख रुपैयाँ र सामग्रीको मुल्यांकन ६० लाख ७५ हजार ४ सय १६ रुपैयाँ गरिएको छ ।

सामग्री सहितको ट्रक आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]