११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

जनकपुर जेसीजका महासचिव गुप्ता र कोषाध्यक्ष साह निलम्बित

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ श्रावण । जनकपुर जेसीजले आफ्नो महासचिव र कोषाध्यक्षलाई निलम्बन गर्ने निर्णय गरेको छ ।महासचिव अजय गुप्ता र कोषाध्यक्ष उपेन्द्र साहलाई निलम्बन गरेको हो ।

बुधबार भएको साधारण सभाले गुप्ता र साहलाई निलम्बन गर्ने निर्णय गरेको जनकपुर जेसीजका अध्यक्ष राजकुमार साहले जानकारी दिए ।

अध्यक्ष साहले संस्थाको नाम जोडेर बोलाइएको साधारण सभा समेत बिथोल्ने किसिमले उनी र उनीहरुका पक्षधर अगाडि आएको बताए । संस्थालाई नै बदनाम गर्ने किसिमले काम गरेपछि गुप्ता र साहलाई निलम्बन गरी महासचिव पदमा यातोष कुमार साह र कोषाध्यक्षमा राजेश मण्डललाई मनोनित गरिएको बताए ।

संस्थाको नाम जोडेर संस्थाकै पदाधिकारीले अनियमितता गरेको भन्दै छलफलका लागि जेसीज अध्यक्ष साहले साधारण सभा बोलाएका थिए ।

तर, जेसीजकै सचिवालयमा बोलाइएको साधारणसभा पूर्व अध्यक्ष शंकर प्रसाद साह, तुलसी पंजियार, सुधीर पंजीयार, नासिर अहमदसहितकाले हो हल्ला गर्दै बिथोलेका थिए ।

शाखा अध्यक्ष ले जति प्रयास गरे पनि साधारण सभा सुरु हुनु पूर्व नै जथाभाबी रूपले प्रस्तुत भए पछी जनकपुर जेसीज का शाखा अध्यक्ष ले पुर्व अध्यक्षको अवरोध र जनकपुर जेसीज का सदस्य र पूर्व अध्यक्ष बीच हुने टकराव लाई हेर्दै अध्यक्ष साह बाहिर आएका थिए । अध्यक्ष सँगै जनकपुर जेसीजका पुर्व अध्यक्ष बाहेक सम्पूर्ण सदस्यहरु अध्यक्षसँगै बहिरिएका थिए ।

पछि सम्पूर्ण सदस्यहरुले जनकपुर जेसीजका यी पूर्व अध्यक्षबिरुद्ध खनिएका थिए । जसरी पनि साधारण सभा हुनुपर्छ र यस्तो गतिविधि बिरुद्ध कड़ा निर्णय लिनु पर्छ भन्दै शाखा अध्यक्षलाई दबाब दिएपछि अध्यक्षले डिएन पार्टी पैलेसमा साधारण सभा बोलाएर दुई जनालाई निलम्बन गरेका छन् ।

साथै साधारण सभाले संस्थाको नाममा भएको अनियमितता छानबिनका लागि एक समिति बनाएको अध्यक्ष साहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]