०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

वर्षाले धनुषा सहित तराईका किसानलाई राहत

Logo
प्रकाशित शनिबार, साउन १४, २०७९

न्युजमधेस डेस्क
धनुषा,१४ श्रावण।

साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट तराइँका केही जिल्लामा शुक्रबार साँझ परेको लगातारको वर्षाले राहत दिएको हो । महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पूर्वपश्चिम राजमार्ग आसपासमा वर्षा भएको हो ।

धान रोप्न पाइने गरी नपरे पनि पुरानो रोपोलाई भने वर्षाले मर्नबाट बचाएको महोत्तरीका किसानको भनाइ छ । पछिल्लो वर्षाले उखु, पहेँलिँदै गरेको तरकारी र फलफूलका यसैपालि रोपिएका बिरुवालाई राहत दिएको बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतोले बताए।

महोत्तरीमा यसपालि असार मध्ययता राम्ररी वर्षा नहुँदा अपेक्षित धान रोपाइँ हुन सकेको छैन। जिल्लामा कूल खेतीयोग्य जग्गा करिब ७० हजार हेक्टरमध्ये लगभग ५० हजार हेक्टर धान खेतीका लागि योग्य मानिन्छ।

जिल्लामा हालसम्म ५० प्रतिशतभन्दा केही बढीमात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरले जनाएको छ। अब पनि राम्रो वर्षा भए खरुवन (कलम, पहिलेको रोपो गाँजिएपछि उखेलेर फेरि रोप्ने कार्य) रोप साउनभरि गर्न सकिने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादव बताउँछन् । जिल्लाका कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशत मात्र सिञ्चित हुँदा यहाँको खेती आकाशे पानीकै भरमा हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]