०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

बोलबमका यात्रु बोकेको दुईवटा ट्रयाक्टर दुर्घटना हुँदा १७ जना घाइते

Logo
प्रकाशित मंगलबार, साउन १७, २०७९

न्युजमधेस डेस्क
महोत्तरी,१७ साउन।
महोत्तरीमा बोलबमका यात्रु बोकेको दुईवटा ट्रयाक्टर छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

सोमबार दिउँसो करिब सवा १ बजे महोत्तरीको बर्दिबास नगरपालिका–५ ढुंगेस्थित बोलबम यात्रु बोकेको ज १ त ६१३५ नम्बरको ट्रयाक्टर आफँै अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाका १२ जना घाइते भएका छन् । यस्तै, दिउँसो करिब साढे ३ बजे बर्दिवास ३ पाटुस्थित बोलबम यात्रु बोकेको ना ३ त २०१७ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आउँदै गरेको ज ११ प ७९१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १५ जना घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने ट्रयाक्टर चालकद्वय फरार भएकाले उनीहरूको खोजी भइरहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]