०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

जनकपुर रेल्वे: मुआब्जा विवाद चर्कियो

Logo
प्रकाशित बिहिबार, साउन १९, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,१९ साउन। नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर–जयनगर–बर्दिबास रेल्वे ट्र्याक निर्माणका क्रममा मुआब्जा विवाद चर्किएको छ । ट्र्याकका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा ठगी गरेको भन्दै रेल्वे पीडित संघर्ष समितिले विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार जनकपुरधामस्थित नेपाल रेल्वे विभागको कार्यालय परिसरमा विरोध प्रदर्शन गर्दै उनीहरुले प्रतिकठ्ठा १५ लाख रुपैयाँ दिने भनिए पनि रेल्वे कम्पनीले दस लाख रुपैयाँमात्रै दिएर ठगी गरेको आरोप लगाएका हुन् । रेल्वे पीडित संघर्ष समितिका अध्यक्ष ज्ञानबहादुर थापाले मुआब्जाको दररेट निर्धारण गर्नेबेलामा बर्दिबासस्थित मुसहर बस्ती जाने बाटो र खोल्सी पैनी बीचको जग्गालाई अधिग्रहण गर्ने क्रममा विभागले १५ लाख रुपैयाँ निर्धारण गरे पनि १० लाख रुपैयाँमात्र दिएको आरोप लगाए ।

उनले नापनक्सामा सो पैनी रहेको स्थलभन्दा करिब ५ सय मिटर अघिलाई नै विभागले मान्यता दिएपछि यस्तो अवस्था उत्पन्न भएको बताए । उनले सो प्राविधिक समस्याका कारण यस्तो अवस्था उत्पन्न भएको र विभागलाई समयमै जानकारी गराउँदा पनि बेवास्ता गरेकाले विरोधस्वरुप आन्दोलन गर्नुपरेको बताए । अध्यक्ष थापाले सो खोल्सी पैनीबारे छानबिन गर्नसमेत माग गरेका छन् ।

यता विभागका साइट इन्जिनियर विनोद ओझाले भएको गल्तीलाई सच्याइने आश्वासन दिएका छन् । उनले सरकारले निर्धारण गरेको मुआब्जा वितरणमा भएको प्राविधिक त्रुटी सच्याएर बाँकी बक्यौताका लागि आफूहरुले पहल गर्ने बताए ।

आन्दोलनमा संलग्न निरज अधिकारीले सरकारले निर्धारण गरेको रकम अनुसार आफूहरुले किन मुआब्जा पाउन सकेनौँ भन्ने सवालको छानबिनका लागि रेल्वे विभागसँग माग गरेको बताए । उनले विभागले गरेको प्राविधिक त्रुटीका कारण सरकारले निर्धारण गरेको मुआब्जाभन्दा कम पाएकाले सोको छानबिन हुनुपर्ने जिकिर गरे ।

संघर्ष समितिले रेल्वे विभागले गरेको प्राविधिक त्रुटीका कारण समस्या उत्पन्न भएको तर सोको समाधानका लागि बेवास्ता गरेका कारण महाप्रबन्धक निरञ्जन झाको राजीनामा समेत माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]