०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

नगरप्रमुखको दादागिरी, कानुन मिचेर `अधिकृत´को जिम्मेवार दिए

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२० साउन। बारा जिल्ला स्थित सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवार नियम, कानून, विधि प्रक्रिया समेतलाई वेवास्ता गर्दै प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाललाई काज फिर्ता गरेका छन् ।

स्थानीय सरकार संचालन ऐन समेतलाई वेवास्ता गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्ने सरुवा निमित हाकिम तोक्ने काम समेत नगरप्रमुख कलवारले गरेको देखिएको छ । पत्र संख्या ०७९÷८० को चलानी नम्बर ५१ को पत्र मार्फत नगरप्रमुख कलवारले प्रमुख प्रशासकीय अधिकृत जयसवालको काज सरुवा र आर्युवेद कार्यालय सिम्रौनगढका कबिराज निरीक्षक वीरेन्द्र साहलाई निमित प्रमुख प्रशासकीय अधिकृतको रुपमा बहाली गरेका छन् । केही दिन अगाडि जिल्ला प्रशासन कार्यालय बारामा सिम्रौनगढ नगरपालिकाको कुनैपनि काम गर्दा कार्यपालिकाको निर्णय गरेर अगाडि बढने लिखित सहमति गरेका नगरप्रमुख कलवारले कार्यपालिकामा कुनै जानकारी नै नदिई आफू खुसी आप्mनो एकल निणर््ायले प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई काज फिर्ता गर्ने निर्णय गरेका हुन् । नगरप्रमुख कलवारको निर्णयबाट नगरपालिकाको शिर निहुरिने काम भएको वडा नम्बर ४ का वडाअध्यक्ष अवधेश सहनीले बताए ।

निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका्र साहले यो भन्दा अगाडि आफूलाई निमित प्रमुख प्रशासकीय अधिकृतबाट हटाएको भनेर जयसवाल माथि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हुँदा सो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुद्दाको छिनोफानो नभएसम्म निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्म्ेवारीमा बस्न नपाउने कानूनी प्रवधानलाई, अदालतको सम्मानलाई समेत वेवास्ता गर्दै निमित अधिकृतको कुर्सीमा अर्को ठाँउमा पद बहाल गर्नुले पनि उनी पदलोलुप भएको व्यतिm हो भने प्रष्ट हुन्छ वडा नम्बर ३ का वडाअध्यक्ष उजिउल्लाह अंसारीले भने । यो भन्दा अगाडि पनि पदको लोभमा साह विवादमा फस्दै आएको पात्रको रुपमा परिचित रहेका छन वडाअध्यक्ष उजिल्लाहले बताए । यता नगरप्रमुख कलवारले हाकिम नभएको अवस्थामा जेष्ठताका आधारमा साहलाई निमित हाकिमको जिम्मेवारी दिएको बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]