०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

रक्षाबन्धको अवरसमा भोलि प्रदेश २ मा सार्वजनिक विदा

Logo
प्रकाशित बुधबार, साउन २९, २०७६

मनोज मोरबैता,जनकपुरधाम।रक्षाबन्धन तथा जनैपूणिर्माको अवासरमा प्रदेश नं. २ का सरकारले भोली बिहिवार साउन ३० गते सार्वजनिक विदा दिने घोषणा गरेका हुन् ।

बुधबार बसेको प्रदेश २ सरकारको मन्त्री परिषद् बैठकले भोली बिहीबार साउन ३० गते रक्षाबन्धन पर्वकोे अवसरमा सार्वजनिक विदाको निर्णय गरेको हो ।

प्रदेश २ सरकारले हिन्दहरुको महान जनै पूर्णिमा अर्थात रक्षाबन्धनको अवसरमा प्रदेश, देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण हिन्दु धर्मालबम्बीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

यस महान पर्वले प्रदेश नं. २ का मुलुकमै भाइचारा, सुख शान्ति अभिवृिद्धको कामना गर्दै भाइचारको महत्वपूर्ण पर्व रक्षाबन्धनको हर्षोल्लासपूर्वक धूमधामले मनाउने उद्देश्यले सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबुु राउतले विज्ञप्ति मार्फत जानकारी दिएको छ।

 

मधेशका जिल्लामा दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको रक्षाबन्धन धुमधाम साथ मनाइँदैछ । रक्षाबन्धनमा दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन बाँधेर आफ्नो रक्षाका लागि प्रतिबद्धता माग्ने गर्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]