११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

नागरिकता बिहिन नागरिकद्वारा पुन: मतदाता नामावली संकलन गर्न माग

Logo
प्रकाशित आइतबार, साउन २२, २०७९

न्यूजमधेश डेस्क
काठमाडौँ ,२२ श्रावण । नागरिकताविहीन संघर्ष समिति नेपालले पुन मतदाता नामवली संकलन गर्न माग गर्दे प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापन पत्र बुझाउको छ ।

नागरिकताविहीन संघर्ष समितिका राष्ट्रिय अध्यक्ष ई इन्द्रजित साफी सहितको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेको हुदाँ प्रमाणीकरण पछि लाखौ नागरिकले नागरिकता पाउने हुदाँ पुन मतदाता नामावली संकलन गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा लाखौ नेपालीको मतदानको अधिकार सुनिश्चित गर्न पनि अनुरोध गरिएको छ । संघर्ष समितिले आजै नागरिकता विधेयक छिटो प्रमाणीकरण गरिदिन आग्रह गर्दे राष्ट्रपति कार्यालयमा पनि ज्ञापनपत्र बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]