१७ बैशाख २०८२, बिहिबार
01-05-2025 , Thu
×

सोमबारको सतोषरधाम स्थित रहेको श्री सप्तेश्वरनाथ महादेवको दर्शन संगै राशिफल हेरौं

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९

न्युजमधेस डेस्क

२३ श्रावण, धनुषा(सबैला)। जिल्लाको सबैला स्थित रहेको बहुचर्चित, बहुधार्मिक सतोषर नगरी, सप्तऋषि बासस्थान श्री सप्तेश्वर महादेवको आज सोमबारको दिन दर्शन गरि पुण्यको भागी बनौं संगै राशिफल हेरौं
आज २०७९ साल साउन २२ गते सोमबार।
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेशः

मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।

वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ।

मिथुनः दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

कर्कटः आजको दिन राम्रो छ। उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।

सिंहः आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।

कन्या स् दिन निक्कै राम्रो छ। अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।

तुलाः दिन राम्रो छ। रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। प्रेम बढ्नेछ।

वृश्चिकः अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ। गणेश भगवानलाई सम्झिएर काम गरे सफलता मिल्नेछ।

धनुः दिन सामान्य छ। बोलीमा मिठास मिल्नेछ। स्वास्थ्यमा समस्या देखिनसक्छ। सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ।

मकरः दिन सामान्य राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

कुम्भः दिन सामान्य छ। खर्च हुने देखिन्छ। रोग बढ्नसक्छ। घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।

मीनः आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। गणेश भगवानको सम्झना गर्दा फाइदा हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]