०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

नागरिकता विधेयक फिर्ता गरेको भन्दै जनमत पार्टीद्वारा राष्ट्रपतिविरुद्ध प्रदर्शन

Logo
प्रकाशित सोमबार, साउन ३०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३० श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरिएको विरुद्ध प्रदर्शन गरेको छ। सोमवार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार सडकखण्ड अवरुद्ध गरी जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले आइतवार फिर्ता गरेकी थिइन्। जसको विरोधमा जनमत पार्टीले मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरिरहेको पार्टीका नेता बीपी साहले जानकारी दिए।

‘राष्ट्रपतिको कदम निन्दनीय र जनहित विपरीत रहेकोले यसको विरोध गरेका छौँ’, नेता साहले भने, ‘नागरिकता नपाएर केहीले आत्महत्या गरिसकेका छन्। धेरैले मानसिक यातना खेपिरहेका छन्। तर, सात वर्षदेखि राज्यले नागरिकताविहीनहरुमाथि यातना थोपर्दै गएको छ।’

नागरिकताविहीनहरुलाई नागरिकता नदिने भए शरणार्थी घोषणा गर्न नेता साहले माग गरे। नागरिकताविहीनहरुलाई तत्काल नागरिकता उपलब्ध गराउन माग गर्दै नेता साहले तत्काल संसद्बाट नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि पठाउन आग्रह गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]