०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

कुनै पार्टीसँग गठबन्धन हुँदैन : सीके राउत

Logo
प्रकाशित मंगलबार, साउन ३१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,३१श्रावण । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका छन्।

जनकपुरधाममा मंगलबार आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले कुनै पनि पार्टीसँग गठबन्धन नहुने जानकारी कार्यकर्ताहरुलाई दिएका हुन्। केही सिटमा भने तालमेल हुन सक्ने अध्यक्ष राउतको भनाइ छ।

‘राष्ट्रिय रुपमा हामी कुनै पनि पार्टीसँग गठबन्धन गरेर जाँदैनौँ’, डा. राउतले भने, ‘केही सिटमा तालमेलको सम्भावना छ। कुनै पार्टीले हाम्रा लागि केही सिट छोडेको खण्डमा हामीले पनि केही सिट छोड्न सक्छौँ। कुनै क्षेत्रमा मिलाएर उम्मेदवारी दिइन सकिनेछ।’

अध्यक्ष राउतले जनमत पार्टीले तराई-मधेशका सम्पूर्ण जिल्लासहित अन्य केही स्थानमा समेत उम्मेदवारी दिने बताए। पाँच दलीय वा आठ दलीय गठबन्धन भएपनि एक्लै चुनाव लड्न तयारी गर्न अध्यक्ष राउतले नेता तथा कार्यकर्ताहरुलाई निर्देशन लिए।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका नेता बीपी साहले मधेश केन्द्रित शक्तिहरुबीच गठबन्धनको प्रयास भएपनि जसपा र लोसपाहरु मधेशीलाई छोडेर अन्य कितामा उभिन खोजेको आरोप लगाए ।

‘हाम्रो पार्टी मधेशको मूल पार्टी हो। हामी मधेश र मधेशको मुद्दाप्रति जिम्मेवार छौँ। त्यसैले हाम्रो पार्टीका अध्यक्ष डा. सीके राउतले जसपा र लोसपाका अध्यक्षहरुलाई भेटेर मधेशकै मुद्दामा कायम रहन आग्रह गर्नु भयो। तर उहाँहरु अन्य पार्टीको पछाडि लाग्नुभयो।’

नेता साहले भने,‘जसपा र लोसपालाई मधेश र मधेशीप्रति माया मोह छ भने मधेशमा उहाँहरुसँग तालमेल गर्न तयार छौं।’

उनले जनमत पार्टी एक्लै चुनाव लड्न सक्षम रहेको र वडा स्तरमा सशक्त रुपमा तयारी भइरहेको जानकारी दिए।

‘हामी एक्लै चुनावमा उठेर पनि धेरै सिट जित्न सक्छौँ। जनमत पार्टीप्रति स्थानीय चुनावको भन्दा फरक लहर गाउँघरमा उठिरहेको छ’, नेता साहले भने, ‘विपक्षीहरु जति दलीय गठबन्धन गरे पनि जनमतले राम्रो सिट ल्याउनेछ।’ नेता साहले पार्टी बाहिरबाट पनि कोही उम्मेदवार बन्न चाहेमा आफूहरु खुला रहेको जानकारी दिए।

प्रशिक्षणमा धनुषा जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरु सहभागी थिए। जनमत पार्टीले आगामी चुनाव केन्द्रित मधेशका प्रत्येक जिल्लामा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]