०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

चुनावी प्रयोजनका लागि एउटै चिह्न, लक्ष्यचाहिँ अग्रगामी शक्तिहरुको ध्रुवीकरण : बाबुराम भट्टराई

Logo
प्रकाशित मंगलबार, साउन ३१, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,३१ श्रावण ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच छलफल भएको छ। भेटपछि प्रतिक्रिया दिँदै भट्टराईले तत्काल चुनावी प्रयोजनका लागि मात्रै एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने सहमति गरिएको बताए।

‘नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एउटै निर्वाचन चिह्न, नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हँसियाहथौडा लिएर संयुक्त रुपमा लड्ने हाम्रो सहमति भएको छ’, उनले भने, ‘त्यही अनुसार निर्वाचन आयोगमा आवेदन दिएका छौं। यो तत्कालका निम्ति त एउटा चुनावी प्रयोजनका निम्ति मात्रै हो।’

उनले राजनीतिक ध्रुवीकरणको लक्ष्य राखिएको बताए। ‘हाम्रो लक्ष्यचाहिँ नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनका अजेन्डाहरु बाँकी छन्। त्यसलाई पूरा गर्नका निम्ति हामी सबैले एक्लाएक्लै भन्दा पनि मिलेर र नयाँ ढंगले नयाँ आधारमा एकताबद्ध भएर जानु अहिलेको ऐतिहासिक आवश्यकता भएको हुनाले त्यो दिशातिर पनि उन्मुख हुने हिसाबले हामीले यसलाई लिएका छौं’, उनले भने, ‘आगामी दिनमा एउटा बृहत् राजनीतिक अग्रगामी शक्तिहरुको ध्रुवीकरण गरेर देशलाई विकास, सुशासन र समृद्धिको दिशामा लिएर जाने हाम्रो संकल्प छ।’

उनले सिटको विषय छलफल पछि टुंगो लगाइने बताए। ‘मुख्य कुरा राजनीतिक समझदारी र विश्वास हो। त्यो भइसकेपछि अरु कुराहरु गौण हुन्छन् र हामी मिलाएर जान सक्छौं भन्ने हामीलाई विश्वास छ’, उनले भने।

पेरिसडाँडामा छलफलका लागि डा बाबुराम भट्टराई, महिन्द्रराय यादव र गंगा श्रेष्ठ पुगेका थिए। श्रेष्ठचाहिँ छिट्टै फर्किएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]