न्यूजमधेश डेस्क
जनकपुरधाम,१ भाद्र। नेपाल लोकतान्त्रिक पार्टीका महोत्तरी जिल्ला सचिव संजय चौधरीसहित सयौं जना जनमत पार्टीमा प्रवेश गरिएको छ।
बुधबार जलेश्वरस्थित जिल्ला समन्वय समितीको सभा हलमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा नेपाल लोकतान्त्रिक पार्टीका जिल्ला सचीव चौधरीसहित विभिन्न पार्टी परित्याग गरि सयौं जना जनमत पार्टीमा प्रवेश गरेको पार्टीका युवा नेता बिश्वनाथ चौधरीले बताउनुभयो।
नव प्रवेशीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन।
सो कार्यक्रममा पार्टीका महासचिव चन्दन सिंह,कोषाध्यक्ष ई.सुरेन्द्र नारायण यादव,केन्द्रीय सदस्य संजय यादव,जीवन त्यागीलगाइत पार्टीका नेता/कार्यकर्ताहरु बाक्लो उपस्थिति रहेको थिए।