११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

नेता गिरिको निधनमा शोकमै डुबे बस्तीपुर र गोविन्दपुर

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९

सुरेन्द्रकुमार कामती
सिरहा,५ भाद्र। नेपाली कांग्रेसका नेता एवं सिराहा क्षेत्र नम्बर १ का सांसद प्रदीप गिरिको निधनमा सिराहाको बस्तीपुर र गोविन्दपुर गाउँ शोकमा डुबेको छ।

आफ्ना अभिभावक नेता गुमाउँदा लहान नगरपालिका वडा नं १४ र २४ का गाउँवासी शोकमा डुबेका छन्। ‘गाउँमा सन्नाटा छाएको छ,’ गोविन्दपुरकी ७४ वर्षीया मीरादेवी ठाकुरले भनिन्, ‘हामीले मुख हेर्न पनि पाएनौँ।’

गोविन्दपुरका ७२ वर्षीय बनारसी ठाकुरले पनि आफ्ना नेताको मुख हेर्न नपाएकोमा दुःख व्यक्त गरे। गाउँमै दाहसंस्कार गर्ने नेता गिरिको चाहाना पूरा नभएकोमा पनि उनीहरू गुनासो गरेका हुन।

‘आश्रममै दाहसंस्कार गरेको भए गाउँवासीले मुख हेर्न पाउँथ्यौँ,’ स्थानीय रामकृष्ण चौधरीले भने, ‘हामीसँग कुरा हुँदा आफ्नो निधन भएमा आश्रममै दाहसंस्कार गर्नु भन्नुहुन्थ्यो। अहिले मुख हेर्न नपाउने अवस्था भयो।’

विद्यालयमा शोकसभा

बस्तीपुर माध्यमिक विद्यालयमा शोकसभा आयोजना गरिएको थियो। विद्यार्थी र शिक्षकले गिरिको निधनमा एक मिनेट मौनधारण गरेकाे विद्यालयका प्रधानाध्यापक देवेन्द्रप्रसाद यादवले बताए।

नेता गिरिले सोही विद्यालयवाट ०१८ सालमा प्रवेशिका परीक्षा (एसएलसी) प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए। नेता गिरिको शनिबार राति साढे ९ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएकाे हाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]