
न्यूजमधेश डेस्क
जनकपुरधाम,५ भाद्र।सर्लाहीको लालबन्दी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि २४ जना नेता / कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरिएको छ।
आइतबार लालबन्दी नगरपालिका-५ मा आयोजित भेटघाट कार्यक्रममा नेकपा एमालेका नेता राकेश साहको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि २४ जना नेता/कार्यकर्ताहरुले जनमत पार्टी प्रवेश गरेका हुन।
उनिहरुलाई पार्टीका नेता रामविश्वास राय र सुबोध कुमार मण्डलले संयुक्त रुपमा अबिर र दोसल्ला ओढाएर पार्टीमा स्वागत गरिएको हो।