०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

लोसपा नेता सिंहको नेतृत्वमा २ हजार भन्दाबढी जना जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित बिहिबार, भाद्र ०९, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,९ भाद्र।दुई हजार ३ सयभन्दा बढी नेता कार्यकर्तासहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सतिश सिंह जनमत पार्टीमा प्रवेश गरेका छन्।

सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका सिंहसहित लोसपाका नेताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी सप्तरीकी इन्चार्ज ममता झाले जानकारी दिएकी छिन्।

लोसपाका नेता तथा कार्यकर्ताहरुलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले एक कार्यक्रमका बिच पार्टीमा प्रवेश गराएका हुन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने डा.राउतले घोषणा गरिसकेका छन्।

उक्त क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष डा.राउतले चुनाव लड्ने भएपछि विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गर्ने लहर चलेको इन्चार्ज झाले बताएकी छिन् ।

२०७४ को चुनावमा सिंह तत्कालीन राजपाबाट गाउँपालिका अध्यक्षमा चुनाव जितेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]