०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

बालुवासहित भारतीय ट्याक्टर सशस्त्र प्रहरीको कब्जामा

Logo
प्रकाशित बिहिबार, भाद्र ०९, २०७९

न्यूजमधेश डेस्क
सघारा,९ भाद्र। अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी नेपालबाट भारत ओसार–पसारमा प्रयोग भइरहेको भारतिय ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

फाइल फोटो

धनुषाको जनकनन्दिनी गाउँपालिका -१ इनर्वास्थित कमला नदिबाट अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरेर भारत तर्फ लगिरहेको अबस्थामा नम्बर नखुलेका भारतिय ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएका हुन।

नदीबाट अवैध रुपमा बालुवा उत्खनन गर्दै ओसारपसार गरिरहेको सुचनाको आधारमा सशस्त्र प्रहरी बल ईनर्वाबाट खटिएको प्रहरीको टोलीले भारततर्फ लैजाँदै गरेको बालुवा सहितको भारतिय ट्याक्टर दिउँसो करिब २ बजे दसगजा क्षेत्रबाटै नियन्त्रणमा लिएर कारबाहीका लागि भन्सारमा बुझाइएको सशस्त्र प्रहरी बल ईनर्वाका इन्चार्ज सन्जु खत्रीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]