न्यूजमधेश डेस्क
जनकपुरधाम,१० भाद्र।जनता समाजवादी पार्टीका नेता हरिकिशोर साहसहित विभिन्न पार्टीका दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको छ।
शुक्रबार जनकनन्दिनी गाउँपालिका -४ खजुरीमा कार्यकर्ता भेटघाट कार्यक्रममा जनता समाजवादी पार्टीका नेता साहसहित विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन।
जनमत पार्टी जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिनेश साहले नव प्रवेशीहरुलाई अबिर लगाएर पार्टीमा स्वागत गरेको हो।
सो कार्यकर्ता भेटघाट कार्यक्रममा जनमत पार्टीकी केन्द्रिय सदस्य रेखा मण्डल ,धनुषा क्षेत्र नं.२ का केन्द्रिय परिवेक्षक नवीन पण्डित ,प्रेस जनमत संघका केन्द्रिय सदस्य राजेन्द्र महरा,युवा जनमत संघ धनुषाका सचीव बैजनाथ साहसहितको पार्टीका नेताहरुको उपस्थिति रहेको थिए।