०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

कमला नगरपालिका : खाल्डाखुल्डीकै कारण सवारी साधन आवतजावतमा समस्या

Logo
प्रकाशित आइतबार, भाद्र १२, २०७९

न्यूजमधेश डेस्क
सघारा,१२ भाद्र।धनुषाको कमला नगरपालिकाको ग्रामीण क्षेत्रको वाटो जिर्ण भएपछि स्थानियहरुलाई आवत जावत गर्नमा कठीनाई उत्पन्न भएको छ ।

नगरपालिकाको वार्ड नं ४ देखि ५ जाने बाटोमा खाल्डाखुल्डीकै कारण सवारी साधनलाई आवतजावतमा समस्या भैरहेको स्थानीय सन्तोष ठाकुरले बताए।

कमला नगरपालिकाका मेयर विशेश्वर यादवको घर लक्कर जाने बाटोसमेत रहेका बरेर्वा – टरिया जाने सडक खण्ड अन्तर्गत रहेका सडकमा जताततै खाल्डाखुल्डीको कारण दिन्हु दुर्घटना भैरहेको कमला नगरपालिका वडा नम्बर ५ का स्थानीय युवा संजिव यादवले बताए।

विगत ५ वर्षदेखी बरेर्वा,टरिया,लक्कर ,सखुवा र मडानका सर्वसाधारण जनतालाई सडक मर्मत नहुदा आवतजावतमा निकै समस्या भैरहेको छ।नगरपालिकाको कार्यलय ,बैंक ,हाटबजार जाने मुख्य बाटोको रुपमा यो बाटो रहेको छ।

गत वर्ष वर्षाको पानीले बाटो भत्काएको थिए।सो ठाउँमा नगरपालिकाले करिब १० लाख खर्ज गरेर सडक बनाएपनी खाल्डाखुल्डी अहिलेसम्म भरेको छैन।तर, कमला नगरपालिकाका मेयर विशेश्वर यादवको नजर यहाँसम्म पुगेको छैन ।जबकी मेयर यादवको घर जाने बाटोपनि उहीँ रहेको छ।

मेयर यादवले आफ्नै झण्डा बाला गाडीमा बसेर ५-६ किलोमीटर घुमेर कमला नगरपालिका ५ लक्करको बौकु टोल जाने गर्छ।तर यो बाटो मर्मतसम्भार गरेपछि २-३ किलोमिटर मात्रै पर्ने स्थानीयबासीले बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]