०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

लोसपा र जनता प्रगतिशील पार्टीबीच चुनावी गठबन्धन गर्ने निर्णय

Logo
प्रकाशित मंगलबार, भाद्र १४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ भाद्र। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता प्रगतिशील पार्टी नेपालबीच आसन्न आम निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको छ ।

मंसिर ४ गते हुने आम निर्वाचनमा जनता प्रगतिशील पार्टीसँग गठबन्धन गर्ने सहमती भएको लोसपा प्रमुख सचेतक तथा वार्ता समितिका संयोजक उमाशंकर अरगरियाले जानकारी दिए ।

गठबन्धन गर्ने सहमती पत्रमा लोसपाको तर्फबाट वार्ता समिति संयोजक अरगरिया, सदस्यहरु केशव झा र डा. सुरेन्द्र कुमार झा तथा जनता प्रगतिशी पार्टीको तर्फबाट वार्ता समिति संयोजक डा. शिवजी यादव र सदस्य बाबा सरकार श्रेष्ठ हस्ताक्षर गरेका छन् ।

लोसपाले आसन्न निर्वाचनमा एजेण्डा मिल्ने मधेसी दलहरुसँग गठबन्धन तथा सहकार्यका लागि पूर्वमन्त्री समेत रहेका अरगरियाको संयोजकत्वमा वार्ता समिति बनाएको थियो । वार्ता समिति संयोजक अरगरियाले अन्य मधेसी दलसँग पनि गठबन्धन गर्न सकिने र त्यसका लागि छलफल चलिरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]