०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

धनुषा निर्वाचन क्षेत्र नं. २ मा लोसपाबाट पुर्व मन्त्री उमाशंकर अरगरिया सिफारिस

Logo
प्रकाशित शनिबार, भाद्र १८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ भाद्र । आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरिया उम्मेदवार सिफारिस भएका छन् ।

लोसपा धनुषा क्षेत्र नं. २ को क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्यका लागि अरगरियाको एकल नाम सिफारिस गरेको हो । ०७४ मा अरगरिया झण्डै १४ हजार मतान्तरले निर्वाचित संघीय सांसद हुन् ।

तत्कालीन संघीय समाजवादी फोरमको तर्फबाट ३२ हजार ४४ मत ल्याएर विजयी हुँदा नेकपा एमालेसँग गठबन्धन गरेका नेकपा माओवादी केन्द्रका रामचन्द्र झा मात्र १८ हजार ७१५ मत पाएका थिए । काँग्रेसका उम्मेदवार रामकृष्ण यादव १५ हजार ४४२ मत ल्याएका थिए ।

अहिले झा नेकपा एकिकृत समाजवादी छन् । र उनी पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् । त्यस्तै काँग्रेसबाट यो पटक पनि यादव नै उम्मेदवार सिफारिस भएका हुन् । जसपाले बलराम महतोलगायतका नेतालाई उम्मेदवार सिफारिस गरेको छ । नेकपा एमालेबाट अहिलेसम्म उम्मेदवार सिफारिस भएको छैन ।

यो क्षेत्रमा सत्ता गठबन्धनमा आवद्ध दलमध्ये कुनै एकले मात्र उम्मेदवारी दिए पनि लोसपाका अरगरियालाई हराउन चुनौती देखिएको छ । पटक पटक सांसद बनेकाहरुको तुलनामा अरगरियाले यस क्षेत्रमा बढी विकास गरेकाले मजबुत पक्कड बनाएको स्थानीय बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]