०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

धनुषाको महिनाथपुरबाट लागू औषधसहित दुई युवक पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र १८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१८ भाद्र। धनुषाबाट प्रतिबन्धित लागु औषधसहित दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ बिनटोलका २१ वर्षीय राजकिशोर मुखिया र २२ वर्षीय शत्रुधन यादव रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिए।

ईलाका प्रहरी कार्यलय खजुरीका प्र.नि निरंजन घिमिरे र सशस्त्र प्रहरी बल बिओपि महिनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक गणेश दत्त पाण्डेको संयुक्त नेतृत्वमा खटिएको टोलीले विदेह नगरपालिका वडा नं.१ महिनाथपुरस्थित भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका दुबैजनालाई शंकाको आधारमा चेकजाँच गर्दा DIALEX-DC -2 (दुई) बोतल र (NITRAZEPAM TABLETS IP (NITRAVAT-10) -20(बीस) पत्तामा ३०० वटा ट्याब्लेट बरामद भएको प्रहरीले बताए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]