०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

धनुषामा कांग्रेसको क्षेत्रीय बैठकमै कुटाकुट

Logo
प्रकाशित शनिबार, भाद्र १८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ भाद्र । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि धनुषा क्षेत्र नम्बर २ का लागि उम्मेदवार चयन गर्न बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकमा कुटाकुट भएको छ ।

औरही गाउँपालिकामा बसेको बैठकमा उम्मेदवार चयनको विषयमा पूर्व सांसदद्वय रामकृष्ण यादव र मुक्ता यादवका समर्थकबीच कुटाकुट भएको हो । रामकृष्ण कांग्रेस नेता रामचन्द्र पौडेल र मुक्ता सभापति शेरबहादुर देउवा गुटमा छन् ।

रामकृष्ण पक्षले मुक्ताको नाम प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न नचाहेका कारण बैठकमा चर्काचर्की भएको थियो । सोही क्रममा कुटाकुट भएको बताइएको छ । कुटाकुटपछि उम्मेदवार सिफारिस हुन सकेन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]