०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

रवि लामिछानेको पार्टीका नगर संयोजक २१ दिनमै निलम्बन

Logo
प्रकाशित आइतबार, भाद्र १९, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१९ भाद्र।राष्ट्रिय स्वतन्त्र पार्टी हेटौँडा उपमहानगरपालिकाका संयोजक सन्तोष न्यौपाने निलम्बनमा परेका छन्।

नगर संयोजक बनेको २१ दिनमै उनलाई निलम्बन गरिएको हो।

पार्टीको मुल सिद्धान्त, विचार, धारणा र नीतिविपरित फेसबुकमा स्टाटस राखी पार्टीको छविलाई बदनाम गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवम् महामन्त्री डा मुकुन्द ढकालले निलम्बनको पत्र पठाएका हुन्।

गत साउन २७ मा हेटौँडा भएको प्रदेश भेलाले भेलाले न्यौपानेलाई हेटौँडा उपमहानगरपालिकाको संयोजकमा चयन गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]