२५ चैत्र २०८१, बुधबार
09-04-2025 , Wed
×

सिरहाको शिक्षा तथा समन्वय इकाई भ्रष्टाचारको अखडा बन्दै

Logo
प्रकाशित मंगलबार, भाद्र २१, २०७९

दिलिप सहनी
सिरहा,२१ भाद्र । सिरहाको शिक्षा विकास तथा समन्वय इकाई अनियमितता एवं भ्रष्टाचारको अखडा बन्दै गएको छ। इकाई विरुद्ध जिल्लास्थित शिक्षकहरू आन्दोलितभएका छन् ।

असार महिनाको ४ गते नेपाल शिक्षक संघ सिरहाले अनियमितता भएको विभिन्न शीर्षकमा सूचना माग गरे पनि सूचना लूकाएको भन्दैप्रमुख रामवृक्ष विरूध्द जिल्ला प्रसाशन कार्यालय सिरहा मार्फत प्रधानमन्त्री कार्यालय , शिकक्षा विज्ञान प्रविधि मन्त्रालय सिंह दरवारकाठमाण्डौ , शिक्षा तथा मानव स्रोत विकास केन्द्र लगायतमा समेत ज्ञापन पत्र बुझाएका थिए।

शिक्षा तथा समन्वय इकाईका प्रमुख रामवृक्ष महतो उपर भ्रष्टाचारको आरोप लागे पछि प्रमुख महतोलाइ विभागले असार १५ गतेकाठमण्डौको छाउनी स्थित राष्ट्रीय किताब खानामा सरूवा गरिदिए । सरूवा भएतापनी प्रमुख महतो सरूवा भएको दरबन्दीमा हाजिरहुन मनेको छैन् ।

यसरी विभागको आदेश समेत नमानेको र नियम विपरितका कार्यलाई निरन्तरता दिएको भन्दै नेपाल शिक्षक संघ कार्य समिति सिरहालेप्रेस विज्ञपति जारी गर्दै शिकक्षा समन्वय इकाई प्रमुख विरूद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९/४/१५ को निर्णय अनुसार रास्ट्रिय किताब खाना माकार्यरत देखाइरहेको छ । तर, महतो सिरहा शिक्षा ईकाईमा रकम असुली लागेका छन् । भन्ने आरोप छ ।

रामबृक्ष महतोले निजामती सेवा नियमावली २०५० को नियम ३९ र ४० बिपरित सिरहा इकाईमा घुस कारोबारमा सक्रिय छन्

पद्को दुरुपयोग गरि घुसखोरीमा सक्रिय रहेपनि सरोकारबाला निकाय मौन छन् । दुधको साक्षी विरालो सरह सरोकारवाला निकायचुपी साधेका छन् । जहाँ सरुवा भएको २१ दिनभित्र हाजिर हुन नगए बिभागिय कारबाही हुने व्यवस्था छ । महतोको हक यो लागु हुन्छहुँदैन ? एक शिक्षकको प्रश्न छ । यसवारे महतो संग प्रतिक्रिया लिन जादा आफु अर्कै मुद्दामा व्यस्त रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]