०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

शहिदद्वारमा जसपाको झण्डा हटाएर नेपालको झण्डा फहराइयो

Logo
प्रकाशित मंगलबार, भाद्र २८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२८ भाद्र । जनकपुरधामको मधेसी शहिदद्वारमा राखिएको जनता समाजवादी पार्टी (जसपा)को झण्टा हटाएर नेपालको झण्डा फहराइएको छ । युवा संजाल धनुषाका अध्यक्ष कुलदिप साहको नेतृत्वमा नेपालको झण्डा फहराइएको हो ।

साहले शहिद कुनै पार्टीको नहुने भन्दै शहिद गेटबाट पार्टीको झण्डा हटाउन जसपासँग सोमबार सामाजिक संजालमार्फत अनुरोध गरेका थिए ।

तर जसपा नेता कार्यकर्ताले चासो नदिएपछि उनले आफैँ हटाएर नेपालको झण्डा राखेका छन् । अबदेखि कुनै पनि पार्टीको झण्डा शहिद गेटमा नराख्न उनले चेतावनीसमेत दिएका छन् ।

मधेस आन्दोलनका क्रममा ०७२ भदौ २५ मा जनकपुरमा प्रहरीको गोली लागेर नितु यादव, संजय चौधरी र दिलिप यादवको मृत्यू भएको थियो । उनीहरुकै सम्झनास्वरुप जनकपुरधाम उपमहानगरपालिकाले शहिद गेट निर्माण गराएको छ ।

जनकपुरधाम–ढल्केबर सडक खण्डमा निर्माण गरिएको उक्त शहिद गेटमा यही भदौ २५ गते जसपाले श्रद्धाञ्जली कार्यक्रम राखेको थियो । सो कार्यक्रममै जसपा अध्यक्ष उपेन्द्र यादवले गेटमा पार्टीको झण्डा राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]