११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

मिटरब्याजपीडित किसानमाथि सरकारको निरन्तर दमन

Logo
प्रकाशित बुधबार, भाद्र २९, २०७९

धनु विश्वकर्मा
काठमाडौं,२९ भाद्र। सरकारले माइतीघर मण्डलामा बसेका मिटरब्याज पीडित किसानलाई सोमबार यता निरन्तर दमन गरेको छ। न्यायका लागि विभिन्न मागसहित उनीहरुको जारी आन्दोलन रोक्न राज्य नै उद्यत रहेको हिजोको कीर्तिपुर र आजको माइतीघर मण्डलाको दृष्य हेरे पुग्छ।

नवलपरासीका पीडित किसान साउन १८ गतेदेखि निरन्तर धर्नामा छन्। सुदखोरले उनीहरुको उठीवास लगाएको छ। तम्सुक बन्धक बनाउने, चर्को ब्याज लिने, जग्गा बन्धक राख्ने जस्ता ठगीका कार्य गरेको छ। घरजग्गा सबै हडप्ने लागेपछि पीडितहरु न्यायको खोजीमा स्थानीय सरकार हुँदै संघीय राजधानी काठमाडौंमा आएको पनि महिनौं भएको छ।

उनीहरु जस्तै ५ लाख कर्जा लिए १० लाखको तम्सुक बनाउन लगाउने, जग्गा पनि धितो राख्नुपर्ने र जिन्दगीभर ऋण तिरिराख्नुपर्ने जस्ता ठगीका कारोबारबाट पीडित छन्। कारोबारबाट ठगिएपछि पीडित किसानहरु न्यायको खोजीमा आएका हुन्।

पहिलोपटक मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति बनाएर उनीहरु जेठ २८ गते नवलपरासीबाट काठमाडौं आएका हुन्। यहाँ आएर न्यायका लागि विभिन्न ठाउँ धाए, तर उनीहरुले आश्वासनबाहेक केहि पाएका छैनन्। उपाय नलागेपछि अन्ततः सडक रोजे। १४ जना किसानको समूह बनाएर १४ दिन धर्ना बसे।

१४ दिनपछि गृहमन्त्रालयले सुद्खोरलाई पक्राउ गर्ने भनेर सहमति गर्‍याे। त्यसपछि उनीहरु घर फिर्ता भए। सुद्खोर सुनिल बानियाँ, सुजित बानियाँ, सुरेश बानियाँ र जगदिश बानियाँलाई प्रहरीले पक्राउ त गर्यो, तर पीडित किसानको कुनै माग पुरा भएन।

राज्यले पीडित किसानका आँखामा छारो हाल्ने कामबाहेक केही नगरेको भन्दै दोस्रो पटक साउन १८ गते न्यायका लागि पुन: काठमाडौंमा आए। करिब ८० जनाको समूह बनाएर उनीहरु आएका हुन्। धर्ना बसेको १० दिनपछि मात्र गृहमन्त्रालयले एक सूचना जारी गर्‍याे।

सरकारले पीडित किसानका माग सम्बोधनका लागि साउन २८ गते देशभरका सबै मिटरब्याजबाट पीडित किसानहरुलाई मिटरब्याजीविरुद्ध उजुरी दिनका लागि सूचना जारी गर्‍याे।

तर, पीडित किसानले सरकारले जारी गरेको सूचना केवल अघिल्लोपटक गृहमन्त्रालयका प्रवक्तामार्फत सम्बन्धित जिल्लालाई जारी गरिएको सामान्य परिपत्रको विस्तृत रुप भएको उल्लेख गर्दै विज्ञप्ति निकाल्यो। मिटरब्याज, दृष्टिबन्धक तथा छिनुवा पास जस्ता विषयमा गृहमन्त्रालयले कुनै निर्णय नलिएको भन्दै निरन्तर आन्दोलन गर्दै आएका हुन्।

माइतीघर मण्डलामा धर्ना बस्ने आउने क्रममा सोमबार भने पीडित किसान बस्ने किर्तीपुरमै पुगेर प्रहरीले घेराउ गर्दा त्यहाँको परिस्थिति दिनभरजसो तनाव ग्रस्त बन्यो। प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप भयो। दर्जनभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले प्रकाउ गरी बल्खुस्थित प्रहरी वृत्तमा राख्यो। पीडितहरु प्रहरी कार्यलयमै नाराबाजीमा उत्रिए।

मंगलबार पनि पीडितहरुले मंगलबार पनि आन्दोलनलाई निरन्तरता दिए । त्यसमा पनि सरकारले दमनलाई दोहोर्यो । लाठी चार्जसहित बल प्रयोग गर्दै ३० पीडित किसानलाई गिरफ्तार गरी भृकुटीमण्डपको प्रहरी वृत्तमा लगेर राखेको छ।किसानहरु धर्नाको ४२औं दिनमा छन्। तर सरकारले चीनका राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चानशुु नेपाल भ्रमणका रहेको बाहना गर्दै राज्यले पीडित किसानको शान्तिपूर्ण आन्दोलनमाथि चरम दमन गरेको अभियन्ता निर्ग नविनले बताए।

‘शान्तिपूर्ण आन्दोलन गरिराखेका पीडित किसानमाथी राज्यको यो दमन निन्दनीय छ। राज्यले सडकको समस्याको समाधान गर्नुभन्दा सुद्खोरको पक्षमा राज्य लागेको छ’ उनले भने। विगत ४२ दिनदेखि निरन्तर धर्नामा रहेका पीडित किसानमाथि लाठी चार्ज गरेर आन्दोलन दबाउने चेष्टा गरेको उनको आरोप छ ।

नवलपरासीकै करिब ५ हजार पीडित किसान रहेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष राम सुरत गुप्ताले जानकारी गराएका छन्। दशैभरका मिटरब्याज पीडितका तथ्यांक स्वतन्त्रपूर्वक संकलन गर्ने हो भने लाखौंको संख्या पुग्ने उनले बताए।

यो अवधिमा सरकारले पीडित किसानको न्यायिक माग सम्बोधन गर्नुको सट्टा अनेकौं हर्कत अपनाएर बसेको छ। आन्दोलनलाई असफल बनाउने षड्यन्त्र गर्दै आइरहेको कुरा दुई दिनको दमनले प्रष्ट देखाएको छ। यसबाट सरकारको जनविरोधी एवम सुद्खोर चरित्र छरपष्ट भएको छ।

‘शान्तिपूर्ण प्रदर्शन जनताको आधारभूत मानव अधिकार हो। नेपालको संविधान २०७२ ले समेत यसको ग्यारेन्टि गरेको छ। तर सरकारले भीआईपीप. आएको हवाला दिँदै हाम्रो शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारमाथि प्रतिबन्ध लगाएको छ। यो फाँसिवाद हो, यो राज्य आतंक हो’ भन्दै संघर्ष समितिले प्रेस विज्ञप्ति निकालेको छ।

साेमबार माइतीघर मण्डलास्थित धर्नास्थल जाने क्रममा आन्दोलनलाई बिथोल्न राज्यले दमन गर्दा आन्दोलनकारीको टाउको फुटेको छ । यो सिलसिला मंगलबार चल्यो। आज प्रशासनको अनेकौं षड्यन्त्र तोड्दै माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नामा बसेका आन्दोलनकारी माथि राज्यले चर्को दमन गरेको छ। मिटरब्याज पीडितहरु घाइते भएका छन् ।

निर्ग नविन, अंकित खनाल, फुलमति, ललित रावल, सन्देश गिरी, अनिता पण्डित, अवधेष कुश्वाह लगायतका करिब ३० जना पीडितहरुलाई गिरफ्तार गरेर लोकतन्त्रको धज्जी उडाएको छ। न्यायका लागि सर्वसाधारणले सडकमा आउन नदिएर सरकारले आफ्नो जनविरोधी तथा सुद्खोर संरक्षक चरित्र देखाउको काम गरेको छ ।

उनीहरु ४२औं दिनसम्म निरन्तर न्यायको खोजीमा छन् । तर राज्य नसुनेझैं गरेर बसिरहेको छ । सरकार पछिल्लो समयमा न्याय दिलाउन पहलभन्दा पीडित किसानमाथि बुट बजारेरै न्यायिक आवाज दबाउनेतर्फ अग्रसर भएको देखिन्छ।- नेपाल लाइभ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]