०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

लौनियाँमा ५८ औं राष्ट्रिय बालदिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

Logo
प्रकाशित बिहिबार, भाद्र ३०, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,३० भाद्र। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । ‘बालमैत्री समाजका आधारः जिम्मेवार परिवार उत्तरदायी सरकार’ नाराकासाथ ५८ औं राष्ट्रिय बालदिवसका अवसरमा बुधबार प्रतियोगिता आयोजना गरिएको हो ।

वडा कार्यालयद्वारा आयोजित प्रतियोगितामा वडा अन्तर्गतका विद्यालय तथा बाल क्लबका १८ जना बालबालिकाहरु सहभागी थिए । प्रतियोगितामा बजरंगबली बाल क्लबका मनिषा कुमारी मंडल प्रथम, श्री उमेश्वर आधारभूत विद्यालय लौनियाँका राम कृष्ण मंडल द्वितीय र सिद्धिदात्री बाल कल्वका कल्पना कुमारी मंडल तेश्रो तृतीय भएका छन् ।

त्यस्तै, पब्लिक माध्यमिक विद्यालय लौनियाँ, तिलाठीकी आरति कुमारी खंग र पुजा कुमारी ठाकुर तथा माँ जानकी बाल क्लबकी विनिता कुमारी मण्डल सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

वडा नम्बर २ का वडा अध्यक्ष कमल कुमार मंडलको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष अरुण कुमार मंडलका प्रमुख आतिथ्यमे आयोजित कार्यक्रममा पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीके शिक्षक चन्देश्वर खंग, उमेश्वर आधारभुत विद्यालयके प्रधानाध्यापक प्रदिप कुमार मंडल, सेभ द सप्तरीस मुकेश मण्डल, लगायतको उपस्थिती थियो ।

सो कार्यक्रममा बालबालिकाकाहरुलाई खेलकुद सामग्री समेत वितरण गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]