न्यूजमधेश डेस्क
जनकपुरधाम,४ असोज।जनता समाजवादी पार्टी(जसपा)का नेता अमरनाथ यादव जनमत पार्टीमा प्रवेश गर्नुभएको छ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका -९ स्थित पथलगाढा चौकमा आयोजित क्षेत्रीय आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा जसपा परित्याग गरि नेता यादवसहित २ हजार भन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले नवप्रवेशीहरुलाई फुलमाला लगाएर पार्टीमा स्वागत गरिएको हो।
अध्यक्ष डा.राउतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनमत पार्टी केन्द्रीय सदस्य सुरेन्द्र शर्मा , मदनेश चौधरी ,पार्टीका नेता सुर्यदेव यादव,जनमत पार्टी सप्तरीकी इन्चार्ज ममता देवी झा,पार्टीका युवा नेता शम्भु यादव,बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवलगाइतका पार्टीका नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको पार्टीका नेता ऋषि केश ठाकुरले बताए।