०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

सत्ता गठबन्धन डुब्न लागेकाहरूको त्यान्द्रो : केपी ओली

Logo
प्रकाशित आइतबार, आश्विन ०९, २०७९

न्यूजमधेश डेस्क
झापा ,९ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन जनता प्रति अत्यन्त गैर जिम्मेवार भएको बताउनुभएको छ ।

नेकपा एमालेले झापाको दमकमा आइतबार आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले विकासका योजना काटेर देश विकासको कामलाई अवरुद्ध गरेको बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रम अघोषित रूपमा गठबन्धनले खारेज गरेको उहाँले प्रष्ट पार्नुभयो ।

गठबन्धन राष्ट्र र राष्ट्रियताको सवालमा समेत कुनै सल्लाह नगरी अघि बढेको उहाँले बताउनुभयो । नागरिकताको विषयमा गठबन्धनले नै व्यवधान खडा गरेको ओलीको भनाइ छ । ‘अहंकारी गठबन्धन, दम्भको गठबन्धन’, ओलीले भन्नुभयो ।

गठबन्धनले नागरिकताको समस्या समाधान गर्न नचाहेको कारण नागरिकता संशोधन विधेयक गोलमटोल पारेर ल्याएको ओलीले टिप्पणी गर्नुभयो । नेपालमा जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिने कुरा दुई लाइन लखेर ल्याऊ एमालेले तुरुन्तै पास गरिदिन्छ भन्दा गठबन्धनले नटेरेको उहाँले बताउनुभयो ।

एमाले सरकारमा पुग्ने बित्तिकै नागरिकताको समस्या र सुकुम्वासी समस्या समाधान गर्ने ओलीले बताउनुभयो । चार वर्ष भित्र नागरिकता र सुकुम्वासीको समस्या स्थायी रूपमा ग्यारेन्टीका साथ समाधान गर्ने ओलीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एमालेमा प्रवेशको लहर बढ्दै गएकोले गठबन्धनमा अँगालो मार्नेहरू झन् झन् अँगालो कस्दै गएका ओलीले बताउनुभयो । पाँच जना अँगालो कसेर बस्दै गर्दा तलबाट सबै खुस्कँदै गएको ओलीले टिप्पणी गर्नुभयो । ‘यो गठबन्धन डुब्न लागेकाहरूको त्यान्द्रो हो, कम से कम यो निर्वाचनमा केहीको राजनीति सिद्धिन्छ, कस कसको सिद्धिन्छ म अहिले भन्दिन, तिनीहरूले आफ्नो कर्मको फल यही जुनीमा भोग्दै छन्’, ओलीले भन्नुभयो ।

ओलीले मङ्सिर ४ मा हुने निर्वाचन पार्टीको पक्षमा पार्न केही बढी मेहनत गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । तत्कालको लागि केही दुःखै गरेर भए पनि चुनावमा खट्न उहाँले निर्देशन दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]