न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ असोज।जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय सदस्य सुरेन्द्र कुमार मण्डल जनमत पार्टीमा प्रवेश गर्नुभएको छ।
शुक्रबार जनकपुरधामस्थित रहेको पार्टीको केन्द्रीय सचिवालयमा एक कार्यक्रम बिच जसपाका केन्द्रिय सदस्य सुरेन्द्र कुमार मण्डल र नेता सुरेश कुमार साहले जनमत पार्टीमा प्रवेश गरेका हुन।
उहाँ दुबै जनालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन।