०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

वृन्दावनमा नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता शुरु

Logo
प्रकाशित शनिबार, आश्विन १५, २०७९

न्यूजमधेश डेस्क
रौतहट,१४ असोज । रौतहटको वृन्दावन नगरपालिका वडा नं ३ ईडेन ग्राडेन विश्रामपुरमा नगरस्तरीय मेयर कप नकआउट टि–ट्वान्टी क्रिकेट प्रतियोगिता बिहिवारदेखि शुरु भएको छ ।

वृन्दावन नगरपालिकाको आर्थिक सहयोग तथा राजदेवी युवा क्लव हर्षाहाको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको नगर प्रमुख विनोद प्रसाद पटेलले बिहिवार उद्घाटन गरेका छन् ।

आयोजित एक कार्यक्रमका बीच मेयर पटेलले खिलाडीहरुसँग क्रिकेट खेलेर प्रतियोगिताको उद्घाटन गरेसँगै प्रतियोगिता शुरु भएको हो ।

एक महिना अर्थात कार्तिक १२ गतेसम्म चल्ने प्रतियोगिताका विजेतालाई नगद रु ५० हजार र उपविजेता टोलीलाई नगद रु ३० हजार रुपैयाका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक राजदेवी युवा क्लवका अध्यक्ष आशिसराज पटेलले जानकारी दिएका छन् ।

प्रतियोगितामा नगरका वडा नं १ देखी ९ वटै वडाका टोलीहरुबीच प्रतिष्पर्धा हुने जनाइएको छ । प्रतियोगिताको उद्घाटन पछि मन्तव्य राख्दै वृन्दावन नगर प्रमुख पटेलले नगरभित्र खेलकुदको विकास गर्ने तथा युवालाई कुलतबाट बचाउन एवं शारीरिक सुगठन बढाउनका लागि सचेत बनाउने उद्देश्यका साथ मेयर कपको आयोजना गरिएको बताए ।

नगरले शुरु गरेको मेयर कपले युवाहरुलाई सिर्जनशिल बन्न सहयोग पुर्याउने बताउँदै मेयर पटेलले आगामि दिनमा समेत मेयर कपलाई निरन्तरता दिदै जाने प्रतिबद्धता जनाए ।

युवाहरुलाई क्रिकेट खेलतर्फ आकर्षित गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]