०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

पूर्वराज्यमन्त्री सिंहद्वारा जसपा परित्याग

Logo
प्रकाशित बुधबार, आश्विन १९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरशाम,१९ असोज। पूर्वराज्यमन्त्री शत्रुधन प्रसाद सिंह जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका छन् । सिरहाका सिंह जसपाका राजनीति समिति सदस्य थिए ।

उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई पत्र लेखेर जसपाको साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनी पहिलो संविधानसभा सदस्यमा तत्कालिन मधेसी जनअधिकार फोरमबाट सिरहा क्षेत्र नम्वर ४ मा जितेपछि पर्यटन राज्यमन्त्री बनेका थिए ।

०७४ को निर्वाचनमा अहिलेको सिरहा क्षेत्र नम्वर २ मा उपेन्द्र यादव नेतृत्वकै संघीय समाजवादी पार्टीबाट चुनाव लडे पनि बाम गठबन्धनका उम्मेदवार सुरेशचन्द्र दासबाट पराजित भएका थिए ।

आसन्न निर्वाचनमा सिरहा २ बाट उनलाई जसपाले उम्मेदवार सिफारिस गरेको थियो । तर सत्ता गठबन्धनको सिट बाँडफाँडमा सिरहा २ नेपाली काँग्रेसको भागमा पर्ने लगभग निश्चित भएपछि सिंह जसपा परित्याग गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]