०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

जनमत पार्टी भिजन बोकेका युवाहरुको पार्टी हो : ई.शम्भुनाथ साह

Logo
प्रकाशित बिहिबार, आश्विन २७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ असोज।जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा निर्वाचन क्षेत्र .३ का प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार ई.शम्भु नाथ साहले जनमत पार्टी भिजन बोकेका शिक्षित युवाहरु पार्टी रहेको बताए।

आज बिहान जनकपुरधाम उपमहानगरपालिकाको देपुरा रुपिठामा कार्यकर्ता भेटघाट कार्यक्रमको सम्बोधन गर्दै उम्मेदवार ई.साहले जनमत पार्टी मात्रै भिजन बोकेका शिक्षित युवाहरुको पार्टी रहेको बताए ।जनमत पार्टीले मात्रै मधेशको समस्य समाधान गर्ने उनले दावी गरेका हुन।

उनले बिगत लामो समयदेखि नै अरु पार्टीहरु सत्ता संचालन गर्दै आइरहेका पार्टीहरु अहिलेसम्म जनताको हितमा काम गर्न सकेको छ्नै।उनिहरुको पार्टीमा रहेका नेताहरु परिवर्तन भएको छ।जनताको अवस्था उस्ताउस्तै रहेको उम्मेदवार ई.साहले जिकिर गरे।

जनमत पार्टी जनताको मत अनुसार चल्ने पार्टी हो ।जनमत पार्टीमा राइट टु रिकलको व्यवस्था रहेको छ,आफुहरुलाई जिताएर जितेपछि जनता अनुसार काम नगरेपछि जनमत पार्टीका जितेका सांसदलाई फिर्ता पनि बोलाउने अधिकार जनतालाई जनमत पार्टीले दिएको छ ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत वैज्ञानिक हुनुहुन्छ ।त्यतिमात्रै होइनन् जनमत पार्टीमा डाक्टर ,इन्जिनियर र पढेलेखेका विद्वानहरु यस पार्टीमा लागेको उम्मेदवार ई.साहले भने ।

जनमत पार्टीसंग समाज परिवर्तन गर्न खाका रहेको उनले दाबी गरेको हो।

सो कार्यक्रममा जनमत पार्टीको तर्फबाट धनुषा निर्वाचन क्षेत्र.३ ( क) प्रदेश सभा सदस्य पदको उम्मेदवार डा.प्रसन्न कुमार झालगाईत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थित रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]