२५ चैत्र २०८१, बुधबार
09-04-2025 , Wed
×

मधेशलाई शिक्षाको हब बनाउने : उम्मेदवार ई.शम्भुनाथ साह

Logo
प्रकाशित बुधबार, कार्तिक ०२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२ कार्तिक । जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा क्षेत्र नं.३ का प्रतिनिधि सभा पदको उम्मेदवार ई.शम्भुनाथ साहले मधेशलाई शिक्षाको हब बनाउने बताउनुभएको छ।

उम्मेदवार ई.साहले न्यूजमधेशसंग कुरा गर्दै उनले मधेशलाई शिक्षाको हबको रुपमा बिकास गर्ने बताउनुभएको हो।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ई.साहले भने, ‘मधेश प्रदेशको साक्षरता दर करिब ५० प्रतिशत रहेको छ।जब कि सबै भन्दा अबिकसित रहेको करणी प्रदेशको साक्षरता ६२ प्रतिशत रहेको उनले भन्नुभयो।’

उनले भने, ‘एक समय यस्तो थियो ,कि मधेशका शिक्षकहरु काठमाडौं ,बिराटनगर र पोखरा जस्ता ठाउँहरुमा पढाइरहेका थिए।तर, अहिले मधेशका विद्यार्थीहरुलाई यहाँ गुणस्तरीय शिक्षा पाइरहेका छैन,गुणस्तरीय शिक्षा हासिल गर्नको लागि काठमाडौं ,विराटनगर ,पोखरा र भारतलगाइतका देशमा जान बाध्यता रहेको जिकिर गरे।’

जनताले सबै पार्टीका नेताहरुलाई भोट दिनुभएको छ।कांग्रेस ,कम्युनिस्ट र जसले आफुलाई मधेशबासी भन्ने जसपा र लोसपालाई पनि जनताले मत दिएर हेरिसकेको छ।उनिहरुले जनताको सुखदुःख साथ दिदैन्न ।एउटा मात्रै जनमत पार्टी छ।जसले देशदेखि विदेशको ४० भन्दाबढी देशमा जनमत पार्टीको संगठन रहेको उनले थप्नुभएको हो।

उनले आमजन समुदायलाई आग्रह गर्दै भन्नुभयो, ‘आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा हासिल गर्न मधेशमै चाहनुहुन्छ भने जनमत पार्टीका हर्न छापमा मददान गरि शिक्षित र भिजनारीलाई जिताएर पठाउनुस मधेशलाई शिक्षाको हब बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।’

यहाँका भ्रष्टाचारी नेताहरु जसले ७० वर्षदेखि जुन पार्टी रहेका कारण मधेशको शिक्षाको अवस्था धारासायी भएको उनले आरोप लगाएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]