१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

प्रहरीको ट्रक दुर्घटनामा दुईजनाको मृत्यु

Logo
प्रकाशित शनिबार, कार्तिक ०५, २०७९

न्यूजमधेश डेस्क
रुपन्देही,५ कार्तिक । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ वाणगंगा नगरपालिका वडा नं ३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा साइकलमा सवार यात्रुसहित एक जना सशस्त्र प्रहरीको मृत्यु भएको हो ।

सो दुर्घटनामा सवारी चालक सशस्त्र प्रहरी रमेश चौधरी र स्थानीय अमर तङनामीको पनि निधन भएको प्रहरीको भनाई छ । चार नम्बरबाट तौलिहवातर्फ जाँदै गरेको सशस्त्रको ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार यात्रीलाई ठक्कर दिँदै दुर्घटनामा परेको स्थानीयले बताएका छन् ।

दुर्घटनामा आधा दर्जनभन्दा बढी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ ४ जनाको सामुदायिक अस्पताल चार नम्बरमा उपचार भइरहेको छ । स्थानीयका अनुसार सशस्त्र प्रहरीको गाडीमा मदिरा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]