०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सत्ता गठबन्धनको जनकपुर भेला- महेन्द्रलाई अपमान, कौशलको वितण्डा

Logo
प्रकाशित शनिबार, कार्तिक ०५, २०७९

सन्तोष यादव
जनकपुरधाम ,५ कार्तिक । जनकपुरमा भएको ५ दलीय गठबन्धनको मधेस प्रदेश स्तरीय भेलामा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव अपमानित बनेका छन् ।

कार्यक्रममा अध्यक्ष यादवलाई आसन ग्रहण नै गराइएन ‌। पछि उनलाई आसन ग्रहण गर्न आग्रह गर्दा डाइस (मञ्च)मा गएनन् । यति मात्र होइन मन्तव्य राख्ने क्रममा उनलाई उद्घोषकले सह-अध्यक्ष भनेर बोलाए ।

अध्यक्ष हुनुपर्नेमा सह-अध्यक्ष भनेर सम्बोधन गर्दा यादव अपमानित महसुस गरेर मन्तव्य समेत राखेनन् । सहभागीले अध्यक्ष हुनुहुन्छ भनेर हुटिङ गर्दा पनि उद्घोषकले आफ्नाे गल्ती नसच्याई अर्का नेतालाई सम्बोधनका लागि बोलाए ।

अतिथि बनेर आएका नेसपा अध्यक्ष यादव सहभागी बनेर कार्यक्रम सकुन्जेल बसे । उनको अनुहार कार्यक्रमभर उदास बन्यो । मन्तव्य राख्ने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यक्रममा त्रुटि भएको भन्दै असन्तुष्ट नहुन आग्रह गरे ।

उक्त भेलामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेशसभा सदस्यका उम्मेदवार कौशल कुमार यादव वितण्डा मच्चाए । उनले आफ्नै पार्टीका नेता जीतेन्द्र सोनल र सुरक्षाकर्मीलाई तथानाम गाली गरे ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल लगायतका गठबन्धनका शीर्ष नेताहरू भेलामा सहभागी भएकाले सुरक्षा अवस्था कडा पारिएको थियो ।

सुरक्षाकर्मीले चेकजाँच गरी मात्र होटेलमा छिर्न दिन्थ्यो भने कार्यक्रम हुने हलमा छिर्न पत्रकार बाहेकलाई पासको व्यवस्था गरेको थियो । मधेस प्रदेशका निवर्तमान सांसद समेत रहेका कौशलले होटेल प्रवेश गर्ने क्रममा पनि चेकजाँच गरेका सुरक्षाकर्मीलाई गाली गरे ।

होटेल प्रवेश गरेपछि उनी कार्यक्रम हुने हलमा छिर्न खोजे । त्यहाँ सुरक्षाकर्मीले पास मागे तर उनीसँग त्यति बेला पास थिएन ‌। उनी सुरक्षाकर्मी र लोसपा मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनललाई आमा लगाएर गाली गर्दै फर्किए ।

होटेल परिसरमा सत्ता गठबन्धनमा आबद्ध नेताहरूको भीड लागेको थियो ‌। तर उनलाई गाली गर्नबाट कसैले रोकेनन् । नेपाल प्रेसकर्मीले भिडियो खिच्न लाग्दा उनी आत्तिए । उनी किन भिडिओ खिचेको ? को हो तिमी भन्दै क्यामेरा खाेस्ने प्रयास गरे ।

तर क्यामेरा खोस्न नसक्दा नेता कौशलले भिडिओ डिलिट गर्न दबाब दिन थाले । उनलाई त्यहाँ उपस्थित अन्य नेताहरू पनि सघाए । होहल्ला भएपछि सुरक्षाकर्मीले नेपाल प्रेसकर्मीलाई जोगाएको थियो ।

एक सुरक्षाकर्मीका अनुसार नेता कौशल मदिरा सेवन गरेर आएका थिए । उनको मुख समेत गन्हाइरहेको थियो । उनी कार्यक्रमका बेला पनि जे पायो त्यही बोलिरहे ।

नेता यादव ०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । तर यो पटक जसपाले उनलाई टिकट नदिएपछि मनोनयन दर्ता भइरहेको दिन लोसपामा प्रवेश गरेर टिकट लिन सफल भए । उनी महोत्तरी ४ (१) बाट चुनाव लडेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]