१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

सप्तरीमा अवैध पटका बरामद गरी नष्ट

Logo
प्रकाशित बिहिबार, कार्तिक १०, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,१० कार्तिक । सशस्त्र प्रहरी बल विओपि र प्रहरी चौकी बेल्हीले विभिन्न स्थानबाट बरामद गरेको पटाका नष्ट गरिएको छ ।

सशस्त्र प्रहरी निरिक्षक बसन्त कटुवा र प्रहरी चौकी बेल्हीका इन्चार्ज राजलाल महतोले संयुक्त रुपमा ३५ हजार ४ सय ७४ रुपैयाँ बराबरको पटाका नष्ट गरेको हो ।

विभिन्न स्थानमा फेला पारिएका अवैध पटाका बरामद गरी सशस्त्र प्रहरी बल विओपि परिसरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको पटाका स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको हो । प्रहरीका अनुसार भारतको लौकहा बजारबाट सप्तरीको बलान विहुल गाउँपालिका, बोदेबर्साईन नगरपालिका लगातयका स्थानबाट अवैध पटाका बरामद गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]