०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

निर्वाचन आयोगले सोध्यो उमेदवार जुलीलाई स्पष्टीकरण

Logo
प्रकाशित आइतबार, कार्तिक १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ कार्तिक । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेकी नेकपा (एमाले)की नेत्री जुलीकुमारी महतो (महासेठ)लाई स्पष्टीकरण सोधेको छ ।

२४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य चिह्नमा मत मागेका कारण स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहितामा ‘उमेदवार वा दलले आफ्नो कार्यालयबाहेकका स्थानमा दलको झन्डा, दल वा उमेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा उमेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने’ व्यवस्था छ ।

यस्तै, ‘कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी ¥याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने’ व्यवस्था छ ।

स्पष्टीकरणपत्रमा उल्लेख छ, “तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा १ को खण्ड (ड) को प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?”

स्पष्टीकरणमा सोधिएको छ, “आयोगले यसपूर्व नै दल तथा सम्बद्ध पक्षलाई साठीबुँदे निर्देशन दिइसकेको अवस्थामा तपाईंले पनि उक्त विषयको जानकारी हुँदाहुँदै पनि निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ?”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]