२४ चैत्र २०८१, मंगलबार
08-04-2025 , Tue
×

कैलालीबाट १० वर्षीय बालक वेपत्ता

Logo
प्रकाशित बुधबार, भाद्र ०४, २०७६

कैलाली ।धनगढी उप–महानगरपालिका वडा नम्बर १ त्रिवेणी चोकका बलबहादुर बुढाका १० वर्षीय छोरा केशव वेपत्ता भएको छ।

केशवका बाजे धनबहादुरले मंगलबार दिउँसो उनी घरबाट वेपत्ता भएको बताए। दिउँसो १ बजे सम्म घरमै रहेका बुढा एकाएक हराएको उनले बताए ।

परिवारले बालकको खोजीका लागि प्रहरीमा निवेदन दर्ता गराएका छन्। गहुँ गोरो वर्णको, सेतोमा रातो धर्का भएको नेपाली सेना(आर्मी) को जस्तै कपडाको पाईन्ट र निलो झोला बोकेको हुँदा देख्नुहुनेलाई नजिकको प्रहरी चौकीमा सम्पर्क गरिदिन आग्रह गरिएको छ। बुढाको पुख्र्यौली घर अछाम हो।

अछामको ढकारी नगरपालिका वडा नम्बर ३ हिच्माबाट केहि वर्ष पहिले मात्र उनको परिवार धनगढी बसाई सरी आएका थिए। यता जिल्ला प्रहरी कार्यालय कैलालीले बालकको खोजि कार्य जारी राखिएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]