१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

चलचित्र बोर्डका सदस्य पुष्पा जसपाको पक्षमा खुलेरै मत माग्दै

Logo
प्रकाशित बुधबार, कार्तिक १६, २०७९

जनकपुरधाम, १६ कार्तिक । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरि निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता २०७९’ जारी गरेको छ ।

मधेस प्रदेश सरकारले स्वतन्त्र तथा नियमनकारी भूमिका निर्वाह गर्न चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको परिकल्पना गरेको अवस्थामा मधेस प्रदेशमा भने बोर्डकै एक सदस्य दल तथा उम्मेदवार विशेषको प्रचारप्रसार गरिरहेका छन् ।

चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डका सदस्य पुष्पा यादवले धनुषा निर्वाचन क्षेत्र नम्बर–४ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महाजन यादव र ४(क)को प्रदेशसभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्रकुमार यादवको पक्षमा खुलेरै मत मागिरहेकी छन् ।

सदस्य यादव उम्मेदवार यादवद्वयको पक्षमा मत माग्न घरदैलोमासमेत पुग्ने गरेकी छन् । साथै उनले आफ्नो फेसबुकमा पनि जनता समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेशसभा सदस्य पदको उम्मेदवार ज्ञानेन्द्रका लागि मत मागिरहेकी छन् ।-टुडे आवाज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]