१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

सीके राउतलाई जिताउन जसपाका दर्जनौं युवा जनमतमा प्रवेश

Logo
प्रकाशित शुक्रबार, कार्तिक २५, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,२५ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतलाई सप्तरी क्षेत्र नं .२ का प्रतिनिधि सभा सदस्यमा जिताउनको लागि जसपाका दर्जनौं युवा नेता जनमतमा प्रवेश गरेका छन ।

चुनावको मुखमा आएर जनता समाजवादी पार्टी सप्तरीका एक दर्जनभन्दा बढी नेता -कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन ।

पार्टी प्रवेश गर्नेहरूमा आकाश महतो , जसपाका युवा नेता पंकज राय ,पंकज चौहान ,निरज यादव ,ओसिम राइन, अनमोल यादवसहित दर्जनौं युवा नेता तथा कार्यकर्ता छन्।

उनीहरू जनमत पार्टी कार्यालय राजविराजमा पार्टी अध्यक्ष डा .सीके राउतसंग टिका लगाएर पार्टी प्रवेश गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]