१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

आफ्नै देशमा रोजगारी दिने योजना जनमत पार्टीसंग रहेको डा .राउतको दावी

Logo
प्रकाशित शनिबार, कार्तिक २६, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,२६ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले मतदाताहरुसंग जनमत पार्टीको हर्न छापमा मतदान आग्रह गरेका छन ।

शनिबार मतदातासंग भेटघाट गर्दै मोहनपुरमा सप्तरी क्षेत्र नं २ का प्रतिनिधि सभाको उम्मेदवारसमेत रहेका अध्यक्ष डा राउतले मतदाताहरुसंग जनमत पार्टीको हर्न छापमा मतदान गर्नको लागि आग्रह गरेका हुन् ।

अहिले विदेशमा रहेका युवाहरुलाई आफ्नै देशमा रोजगारी दिने योजना जनमत पार्टीसंग रहेको अध्यक्ष .डा राउतले दावी गरे।

उम्मेदवार डा राउतले ‘हरेक घर एक रोजगारीका लागि ,औधोगिक क्षेत्रहरु र “स्पेशल इकोनोमिक जोन” स्थापना गर्नका लागि ,देशको आर्थिक वृद्धिदर १० प्रतिशत पुर्याउनका लागि आफुलाई मतदान गर्नेछ ,भने यसक्षेत्रका मतदाताप्रति विश्वास गरेको उनको भनाई छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]