०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

सप्तरी – १ मा पनि जनमतको लहर ,विभिन्न पार्टीका सयौं जना जनमतमा प्रवेश

Logo
प्रकाशित आइतबार, कार्तिक २७, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,२७ कार्तिक । मंसिर ४ नजिकिँदै गर्दा सप्तरीमा पार्टी प्रवेशको लहर राम्रैसँग चलेको छ।सोही क्रममा आइतबार हनुमान नगर कंकालिनी नगरपालिकाका सयौं जना नेकपा एमालेसहित विभिन्न पार्टीका नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

पछिल्लो समय जनमत पार्टीको सक्रियता र कार्यकौशलले आफूहरुलाई आकर्षित गरेपछि पार्टीमै बसेर काम गर्ने योजनाका साथ प्रवेश गरिएको नेकपा एमालेका नेता मनोज कुमार महतोले बताए ।

हनुमाननगर कंकालिनी नगरपालिकाकाको योगिनियामा भएको चुनावी भेटघाट कार्यक्रममा जनमत पार्टीको तर्फबाट सप्तरी क्षेत्र नं .१ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार डा .जयकान्त राउतले उनीहरुलाई अबिरको टिका लगाएर जनमतमा प्रवेश गराएका हुन्।

उक्त कार्यक्रममार्फत नेकपा एमाले र जसपालगाइत विभिन्न पार्टीका नेताकार्यकर्ताहरु पार्टीमा भित्रिएको पार्टीका युवा नेता मुकेश मैरताले जानकारी दिएको हो ।अहिले यासैक्षेत्रमा दिनहु सयौंको संख्यामा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु प्रवेश गर्दै आइरहेकोले जनमत पार्टी हाम्रो पक्कर बनिरहेको युवा नेता मैरताले बताए ।

पार्टीप्रतिको आकर्षण बढ्दै गएको देख्दा भोलिका दिनमा जनमत पनि मधेशको मुख्य पार्टी बन्ने उनको भनाइ छ।यसपटकको निर्वाचनमा जनमतबाट प्रतिनिधि सभाका लागि सप्तरी क्षेत्र नं.१ बाट वैज्ञानिक डा .जयकान्त राउत उम्मेदवार रहेको छ , भने प्रदेश सभाको (क) मा शिवनन्दन कुशवाहा र (ख) मा शकिल अलि उम्मेदवार बनेको छ ।

उनीहरु जनताको घरघर पुगेर जनताको समस्या बुझ्दै मत मागिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]