०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

महोत्तरीका नापी सर्वेक्षक यादव घुससहित पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र ०५, २०७६

शैलेन्द्र महतो,जनकपुरधाम : जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक १ लाख ५० हजार रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक मोहन यादव रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले बुधबार साँझ जलेश्वर नगरपालिका–२, खैराचोकबाट घुस रकम सहित रंगेहात पक्राउ गरेको जनाएको छ ।

सर्वेक्षक यादवले घर नक्सा अनुसार नभएको भनि विभिन्न बहाना बनाई मुद्दा मिलाई दिन्छु भनि एक सेवाग्राहीबाट १ लाख ५० हजार घुस लिर्दै गरेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको जनाएको छ ।

उनले घुस मागेपछि सेवाग्राहीले अख्तियारमा जानकारी गराएका थिए । सोहि अनुसार खटेको अख्तियारको टोलीले सर्वेक्षक यादवलाई घुस सहित पक्रेको हो । यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]