०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

निर्वाचन आचार संहिताको धज्जी उडाउँदै जसपाका उम्मेदवार

Logo
प्रकाशित मंगलबार, कार्तिक २९, २०७९

जनकपुरधाम,२९ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरुले निर्वाचन आचार संहिताको धज्जी उडाएका छन् ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार आनन्द यादव ( गंगाराम ) र सोही क्षेत्रबाट प्रदेश सभा (ख) का उम्मेदवार राम आशिष यादवले आचार संहिताको धज्जी उडाएका हुन् ।

प्रचार-प्रसारका लागि प्रयोग गरिएको ट्योटा गाडी माथि फुटबल जस्तै गोलाकार देखिने ठूलो आकारको आकृतीमा जसपा नेपाल र झण्डा अंकित गरेर तल नारा लेखि गाडी गाउँ गाउँमा घुमाई राखेका छन् ।

निर्वाचन आचार पुर्णरुपमा पालना गर्ने प्रतिवद्धता जनाएका दल र उम्मेदवारहरुले यसरी आचार संहिताको धज्जी उडाई रहेको भएपनि निर्वाचन आयोग भने मौन बसेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]