०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

पैसा लिन नमान्दा उपेन्द्र यादवको कार्यकर्ताबाट मतदाता कुटिए

Logo
प्रकाशित आइतबार, मंसिर ०४, २०७९

न्यूजमधेश डेस्क
सप्तरी, ४ मंसिर । सप्तरीको छिन्नमस्ता वार्ड नम्बर ७ मा पैसा लिन नमान्दा मतदाता कुटिएका छन् ।

गएराति १ बजेको समयमा छिन्नमस्ता ७ स्थित हाटीटोलमा पैसा लिन नमान्दा जसपा कार्यकर्ताबाट मतदाता कुटिएको हो ।

कुटपिटबाट ३ जना घाईते भएका छन् । घाईते हुनेहरुमा स्थानीय ४८ बर्षीया उषादेवी मंडल, ५१ बर्षीय सुकराम मंडल र १९ बर्षीय शुशील कुमार मंडल रहेका छन् । उनीहरुको उपचार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भईरहेको छ ।

यो घट्ना सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको छ । मनोज विद्रोहीको फेसबुक एकाउन्टबाट सार्वजनिक गरिएको सो भिडियोमा पीड़ित उषाले पुर्व जिल्ला समन्वय समिति प्रमुख एवं जसपा नेता प्रभाकर यादवको निर्देशनमा आफूहरुलाई कुटपीट गरिएको बताएकी छिन् । प्रभाकर जसपाका नेता हुन् र उपेन्द्र यादव लाई जिताउन मत किन्न पुगेका थिए ।

“पैसा लिन नमान्दा मनोज भनिने प्रभाकर यादवको निर्देशनमा आफूहरुलाई सत्यनारायण यादव, दुर्गा यादव, जोगेन्द्र यादव र विरेन्द्र यादवले कुटेको छ” उनले भिडियोमा बोलेकी छिन् “मेरो मोवाइल र मंगसुत्र पनि हराएको छ ।” यस घट्ना बारे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता लाई फोन गर्दा मोवाइल उठेन ।

यसअघि जसपा बाटै चुनाव जितेर विष्णुपुर गाउँपालिकाका अध्यक्ष भएका उमेशप्रसाद यादवले उपेन्द्र यादवलाई जिताउन मतदातालाई पैसा बाँड्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]