सिरहा । सिरहा ४ ‘क’बाट प्रदेशसभा सदस्यका लागि जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन् । उनी ८ हजार २ सय २९ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका महेन्द्र पासमानले ७ हजार ८३ मत प्राप्त गरे । उनी पूर्व भूमिसुधार मन्त्रीसमेत हुन् ।
यस्तै, नेकपा एमालेका प्रकाश महासेठले ६ हजार ८ सय ७८ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।