०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

जनमत पार्टीका अध्यक्ष डा.राउत र कांग्रेस प्रवक्ता महतबीच भेटवार्ता

Logo
प्रकाशित आइतबार, मंसिर १८, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१८ मंसिर ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत र नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतबीच भेटवार्ता भएको छ।

काठमाडौंको बाँसबारीस्थित प्रवक्ता महतको निवासमा भएको भेटमा निर्वाचित भएका डा.राउतलाई बधाई ज्ञापन गरी समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको छ।

सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरी निर्वाचित भएका डा.राउतसँग ठूला दलका शीर्ष नेताहरूले भेट्ने क्रम चलिरहेको छ।

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम करिब आइसक्दा भएको सो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]