१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

सीटीईभिटीमा करारका कर्मचारी साहको दादागिरी

Logo
प्रकाशित मंगलबार, मंसिर २०, २०७९

न्यूजमधेश डेस्क
रौतहट ,२० मंसीर ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) मधेश प्रदेश अन्तर्गतका शिक्षालयमा कार्यरत करारका एक कर्मचारीको दादागिरीले सीमा नाघेको छ ।

बारामा सञ्चालित सीटीईभिटी अन्तर्गतका प्रसौनी बहुप्राविधिक शिक्षालयमा करार सेवामा कार्यरत प्रशासकीय अधिकृत मुकेश कुमार साहको दादागिरीले सिमा नाघेको हो । कर्मचारी साहको दादागिरीले विद्यार्थी, अभिभावक तथा सेवाग्राहीहरु आजित भएपनि सम्बन्धित निकायको ध्यान भने त्यातातिर गएको देखिदैन ।

प्रशासकीय अधिकृत साहको दादागिरीको दर्जनौँ कर्तुतहरु सार्वजनिक भएपनि राजनीतिक संरक्षण र पहुँचको आधारमा उनी कसैलाई नटेर्ने गरेको गुनासो सीटीईभिटीको कर्मचारी वृत्तमा व्याप्त सुन्न पाइन्छ । सीटीईभिटीका कर्मचारीहरुका अनुसार साहले आफूभन्दा ठूला हाकिमलाई पनि टेर्ने गरेका छैनन् भने कनिष्ठ कर्मचारीहरुलाई हेप्ने गर्दछन् ।

परीक्षा सञ्चालन गर्न खट्दा पनि उनी परीक्षामा चिट चोरी गराइदिने भन्दै दर्जनौँ ठाउँमा पैसा उठाउने काम गर्ने गरेको स्वयंम् सीटीईभिटीमै व्यापक चर्चाको विषय बन्ने गर्छन भने त्यस विषयमा व्यापक जनगुनासो समेत आउने गरेको नाम उल्लेख नगर्ने सर्तमा एकजना कर्मचारीले बताए ।

जसको पछिल्लो उदाहरण हो, २०७८ मा जनकपुरमा सञ्चालित परीक्षा । त्यतिबेला एक परीक्षा केन्द्रमा विद्यार्थी तथा निजी कलेजहरुहरुसँग परीक्षामा चिट चोरीको वातावरण बनाईदिने भन्दै उनले पैसा माग गरेका थिए । तर विद्यार्थी र कलेज सञ्चालकहरुले पैसा दिन नमानेपछि जनकपुरको एक निजी कलेजको एक विषयको परीक्षामा सहभागी सबै विद्यार्थीको उत्तरपूस्तिका नै काटेर विद्यार्थीलाई फेल गराएका थिए ।

उक्त विषयमा छानविन गर्न परिषद् परीक्षा नियन्त्रण कार्यालयले एक छानविन समिति बनाएको थियो ।

छानविन समितिको प्रतिवेदन अनुसार साहले व्यक्तिगत लाभ तथा स्वार्थका कारण विद्यार्थीहरुको भविष्यसँग खेलवाड गरेकोले निजलाई अब उपरान्त परीक्षा सम्बन्धी कूनै पनि जिम्मेवारी निदिने निर्णय भएको थियो । त्यस पश्चात पनि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी रौतहटमा उनलाई परीक्षाको जिम्मेवारीमै कायम राखियो ।

स्रोतका अनुसार त्यस शिक्षालयमा पनि परीक्षामा पैसा दिने विद्यार्थीलाई परीक्षामा चिट चोरीको वातावरण बनाईदिने र पैसा नदिने विद्यार्थीलाई उनले उत्तरपूस्तिका काटी नियतवश फेल गराउने कार्य गरिरहे । पछि त्यस सम्बन्धी पनि अनुसन्धान गर्न एउटा छानविन समिति बन्यो र छानविनको प्रतिवेदन अनुसार निजलाई प्रमूख जिम्मेवारी लगायत परीक्षाको कूनै पनि जिम्मेवारीमा नराख्ने र सेवा करार छनौट कार्यविधि, २०७८ अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

तर राजनीतिक पहुँच र संरक्षणको आडमा उनी कारवाही हुनबाट बचे । पछि साहलाई परीक्षाको जिम्मेवारी नदिने निर्णय गर्दै कारवाही भएन । तर साह अझै पनि प्रसौनी बहुप्राविधिक शिक्षालयमा परीक्षा सम्बन्धी कामकाज गर्दै आएका छन् ।

साह सेवा करारमा स्कुल अफ हेल्थ साईन्स भरतपूर चितवनबाट सोर्सफोर्सको आधारमा जागिरमा प्रवेश गरी गौर नर्सिंग इन्स्टिच्युट, जय किसान बहुप्राविधिक शिक्षालय धरहरी रौतहट हुदै हाल प्रसौनी बहुप्राविधिक शिक्षालयमा प्रशासकीय अधिकृत पदमा कार्यरत छन् ।
वर्षौ स्थायी भई कामकाज गर्दा पनि बढुवा पाउन हम्मेहम्मे पर्ने कर्मचारीवृतमा राजनीति संरक्षण र शक्तिको आडमा करार सेवाका कर्मचारीले प्रशासकीय अधिकृत पड्काउन सफल भएका छन् । जसकारण इमान्दारीपूर्वक काम गर्ने परिषद्का कर्मचारीहरुमा निराशा पलाएको छ ।

साहले सामाजिक सञ्जाल मार्फत दिनरात पार्टीको प्रचारप्रसार गर्ने, नेताहरुसँग आफूले खिचेको फोटो राखी सामाजिक सञ्जालमा स्टेट्स लेख्ने, खुल्लेआम कर्मचारीको मर्यादा उल्लंघन गर्ने कार्यहरु गर्दै आएपनि सम्बन्धित निकाय मौन भएर बसेका छन् ।

सीटीईभिटी स्रोतका अनुसार उनको कुरामा सहमत नहुने माथिल्लो तहका कर्मचारीलाई नटेर्ने, कूनैपनि हाकिमको आदेश नमान्ने, शिक्षालय र निजी संस्थाहरुमा दादागिरी गर्ने गरेपनि सीटीईभिटी मौन छन् ।

सीटीईभिटी काँग्रेस निकट कर्मचारी संघका एक कर्मचारीका अनुसार शक्तिको आडमा साहले आफ्नो श्रीमती, ज्वाईँलगायत दर्जनौ नातागोता तथा आफ्न्तलाई गौर नर्सिंग इन्स्टिच्युट, जय किसान बहुप्राविधिक शिक्षालय तथा प्रसौनी बहुप्राविधिक शिक्षालयमा करारमा जागिर लगाउन सफल भएका छन् ।

स्रोतका अनुसार सीटीईभिटीमा पटक–पटक बदमासी तथा दादागिरी देखाए पनि सम्बन्धित निकायले कारवाही नगरेको कारण उनको दादागिरी तथा छाडापनले सीमा नाघेको, तालुक निकायबाट कार्यालयमा छड्के जाँदा पनि छड्केमा गएका अधिकार प्राप्त कर्मचारीलाई डराउने, धम्काउने तथा गुण्डा लगाउने कार्य समेत गर्ने गरे पनि सम्बन्धित निकाय मौन रहेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]